Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati ब्लग
Subscribe Setopati
सोमबार, चैत ९, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

काँठेका कुरा

Royal Enfield
Royal Enfield
सुधन सुवेदी

सुधन सुवेदी

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

गते त याद भएन, गाउँमा सुतेर शहरमा जागेका थिए धेरै त्यो बिहान। गाउँपालिका नगरपालिका भइसकेको कुरा पत्याउनै पर्‍यो, समाचारले त्यसै भन्दै थियो।

यो मोडलको विकास पनि हाम्रै सन्सारमा मात्रै भेटिएला जस्तो लाग्छ। हुन त नगरबासी बन्न पाउनु पनि भाग्यकै कुरो हो नि। यसका मापदण्ड होलान्, कति आवश्यकीय निम्नतम पूर्वाधारहरु ठाउँले फड्को गाविसबाट नगरपालिका, उप अनि महानगरपालिका हुँदासम्म पनि बासिन्दाले नपाउनु पनि हाम्रै संसारको बिडम्बना हो। देश वा ठाउँ नभनेर संसार भनेको किन भने हाम्रा लागि आफ्नो चौघेरा नै संसार।

यो ब्लगमा विकासका यावत् कुराहरु जोड्न खोजेको हैन तेसमा दखल पनि छैन सिवाय भुक्तभोगी हुनेभन्दाको परको। यहाँ कोट्याउन लागेको कुरो काँठको र तेसैवरिपरि जोडिएको प्रसङ्गहरु।

काठमाडौं खाल्डोको बीचको खाल्डोलाई छोडेर बिटतिरको ठाउँहरुलाई काँठ भनिन्थ्यो। कीर्तिपुरमा जन्मेको मामाघर गोदावरी नपुग्दै वडिखेल अनि बुवाहरु स्युचाटारबाट आउनुभएको नाताले आफूलाई काँठे भन्छु। काँठ राजधानीको नजिक अनि केन्द्रले बिर्सेको, सम्झेर नि बुझपचाएको ठाउँ मात्र नभएर भिन्न संस्कृति, लवज र भाकाको त्रिवेणी। काँठे भाका, यहाँका झर्‍रा शब्दहरुले समस्त नेपाली संस्कृतिलाई नै धनी बनाएको छ।

सुरुमा उल्लेख गरेजस्तो रातारात नगरपालिका भएको खवर पाउनेमा नपरी २०५३ सालमा नै नगरपालिका हुने सौभाग्य प्राप्त गरेको थियो कीर्तिपुरले। काठमाण्डौं जिल्लामा महानगरपालिका पछाडिको एकमात्र अर्को नगरापालिकाका रुपमा यो उभिएको थियो। गौरवपूर्ण इतिहास, नेवारी संस्कृति, अनि त्योबेलामा मास्टर्स डिग्री गराउने एकमात्र युनिभरसिटी क्याम्पसका कारण यो परिचित थियो। पृथ्वीनारायण शाहले समेत तीन पटकको प्रयासमा मात्र जित्न सकेको यो ठाउँ विविध कारणले विशिष्ट छ।

यहीँ जन्मीहुर्केकाले नेपाली भाषाभन्दा बढी नेवारी शब्द, लवज र संस्कृति हावी थियो, छ। नजिकैको फुपुलाई निनि भन्नेदेखि लिएर भर्खरै गएको होलीको स्थानिय लोकगीत अविरया होली लगायत नेवारी गीतहरु कन्ठस्थ थियो। केन्द्रले सदा पाखा लगाएको भन्ने भाव कीर्तिपुरवासीमा देखिन्छ तेसको छाप मेरा युवा मस्तिस्कमा गहिरो गरेर परेको थियो। हालका चल्तीका अन्य ठाउँहरु भन्दा धेरै सुगम र सुन्दर कीर्तिपुर किन यसरी पछि पर्‍यो हाम्रो चियापसलका बहस हुन्थे धेरेपटक।

सात कक्षामा स्कूल फेर्दा संस्कृतको कम्जोर विद्यार्थी थिएँ। नेवार साथीहरुले नेपाली, संस्कृत विषयमा मभन्दा धेरै बढी अङ्क ल्याउँदा आफूलाई पास अङ्क ल्याउन परेको महाभारत, मिहेनत अझै याद छ। संस्कृतका पाठहरु रुचीका थिएनन् पछि संस्कृतको पढाई गराउनुपर्ने अनिवार्य प्रावधान हटाइएको सुन्दा बढो खुसी लागेको थियो।

स्कूल पढ्दा धेरैलाई कीर्तिपुरमा बाहिरबाट आई डेरागरी बस्ने परिवार लागेर होला कोठा कहाँ छ भनी सोध्थे। हाँसेर घरको आफ्नो कोठालाई देखाउँथे सडकबाट।

केन्द्रले कहिल्यै भाउ नदिने, स्थानियले बाहिरिया सम्झिने अनि बाहिरबाट आएकाले राजधानीबासी देख्ने त्रिपक्षीय अपठ्याराहरुसँग अघि बढ्नु पर्ने चुनौति। 

Ncell
Ncell

समतामूलक समावेशी समाजका कुराले ठाउँ र बहसको मौका पाउँदै गयो। केद्रिकृत राज्यसत्ता, कर्मचारीतन्त्रमा एक जातिको बाह्ल्यता, अन्यको पहुँच सुनिश्चितताका सम्बन्धमा पनि मन्थन हुनथालेका थिए। कर्मचारीतन्त्रमा किन बाहुन हावी भए, हुनुहुँदैन थियो भन्ने आक्षेपका उत्तर जन्मले बाहुन भएकै भरमा मसँग थिएन, दिने मान्छे म होइन भन्ने लाग्थ्यो।

गान्धीले कोटा प्रणालीको विरोध गरेका थिए। प्रतिनिधित्वले मात्र आफ्ना विषयले प्राथमिकता पाउँछन् भन्ने कुरो कतिको जायज हो। नेपालमा महिला राष्ट्रपति अनि अमेरिकामा अहिलेसम्म महिला राष्ट्रपति नभएको तथ्य सबैलाई थाहै छ।  

एउटा प्रसङ्गमा साथीले सुनायो कीर्तिपुरको मूलबासी म हुन सक्दिनँ। मूलबासी हुन कम्तिमा तीन पुस्ता तेँही बसेको हुनपर्छ। जन्मको छनोट आफ्नो नहुने र एक ब्यक्तिलाई जन्मस्थानले ठूलो महत्व राख्छ। मेरा लागि जन्मस्थान र हुर्केको स्थान मेरा जिवनकालभरी कतै नछु्ट्ने कुरा हून्। 

एकपटक एउटा अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाको अन्तिम छनोटको अन्तरवार्तामा सिधै महिला र जनजातिलाई छान्न लागेको बताए। आफूले कैयन चरणको लिखित, प्रस्तूतिकरण अनि अन्तरवार्ताबाट पार भई त्यो चरणमा पुग्दा मात्र थाहा किन दिएको भनेर सोधेँ। अरुलाई चढाउने भर्‍याङ यसरी नै धेरैपटक भइयो।

अहिले परिस्थति अलि फरक छ। समतामूलक समाज, भ्रष्टचारविरोधी प्रयासहरु भइरहेका छन्। जागिरमा थपक्क आफ्ना ठाउँका नेता मन्त्री समात्ने र उनीहरु मार्फत आफू हावी हुने स्थितिको सिर्जना गर्ने चलखेल यत्रतत्र छ। यहाँ पनि आफू चुकियो। आन्दोलन, भूमिगतका समयमा काठमाण्डौंले नेताहरुलाई आश्रय दिनुपथ्र्थो। कीर्तिपुरले यसरी धेरैका लागि आफ्नो दैलो खोलेको थियो। जब कामका समय आउँछ तब अर्कोले बाजी मार्छ किनभने त्यो साथी कुनै मन्त्री वा नेताको क्षेत्रको मान्छे भनेर आफ्नो हक खोज्छ।

जसरी अहिले नगरपालिका बनेर काँठ क्षेत्र रहेन तेसरी नै काँठे संस्कृति पनि नजोगिने देखियो। विभिन्न परिसिथ्तिले भोलि काँठे हुँ भन्ने मान्छे नभेटिन सक्छ।     

 

प्रकाशित मिति: सोमबार, चैत ११, २०७५  १४:२९
सिफारिस
रवि र बालेन जय र वीरू जस्ता– विपिन आचार्य (पडकास्ट)
रवि र बालेन जय र वीरू जस्ता– विपिन आचार्य (पडकास्ट)
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरेकोमा सरकारलाई प्रश्नै प्रश्न
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरेकोमा सरकारलाई प्रश्नै प्रश्न
देउवाका भतिज प्रकाश ७ महिनादेखि अमेरिकामा
देउवाका भतिज प्रकाश ७ महिनादेखि अमेरिकामा
विवादै विवादको भूमरीमा नेपाली फुटबल
विवादै विवादको भूमरीमा नेपाली फुटबल
एमाले संसदीय दलको नेता बादल कि सुहाङ?
एमाले संसदीय दलको नेता बादल कि सुहाङ?
रास्वपाले चाहेजस्तो १५ वटा मन्त्रालय राख्न विज्ञहरूको 'ग्रिन सिग्नल'
रास्वपाले चाहेजस्तो १५ वटा मन्त्रालय राख्न विज्ञहरूको 'ग्रिन सिग्नल'
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

ब्लग

आजको पिकनिक झुर हुने त होइन!
२६ वर्षअघि मुस्ताङमा ७० रुपैयाँमा किनेको मनिपुरे सल
बालबालिकाको मञ्च- के सिक्छन् उनीहरू?
यहाँ मुटु जलिरहेछ!
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा!
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP