काठमाडौंको मण्डला नाटक घरमा ‘युद्धका घाउहरू २.०’ मञ्चन सुरू भएको छ।
१० वर्षसम्म नेपालमा भएको सशस्त्र द्वन्द्वका क्रममा सर्वसाधारण मानिसहरूमाथि भएका विभिन्न हिंसाको रुपहरू समेटेर नाटक ‘युद्धका घाउहरू २.०’ प्रस्तुत गरिएको हो।
समृद्ध नेपालको परिकल्पनामा ओझेलमा परेका ती कयौं घाउहरू अझै अस्तित्वमा छ भन्ने नाटकले सुचित गर्न खोजेको छ।
सामाजिक रुपान्तरण तथा शान्ति निर्माणका लागि रंगमञ्च भन्ने शीर्षकमा मण्डला थिएटरबाट सञ्चालित मण्डला ड्रामा स्कुलबाट दीक्षित पहिलो ब्याचका विद्यार्थीहरूले नाटक ‘युद्धका घाउहरू २.०’ लाई तयार पारेको हो।
यस नाटकलाई २४ जुलाई २०२३ मा एकाडेमिक थेस्पियन्स् थिएटर फेस्टिभल कोलम्बोमा समेत मञ्चन गरिएको थियो।
अन्जान प्रदीपले लेखन तथा निर्देशन गरेको यो नाटकमा आदित्य मिश्रा, आकाश नेपाली, अनिल कुर्मी, निरज बाबु, सञ्जय विश्वकर्मा, सरिता कठायत, सुमित्र पहिम, सुस्मिता पोख्रेललगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ।
तस्बिरहरू: