गायक तथा संगीतकार बाबुल गिरीलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ।
शनिबार दिउँसो उनको अनामनगरस्थित स्टुडिओमा एक युवतीले आत्मदाहको प्रयास गरेकी थिइन्।
सोही घटनाबारे बुझ्न गिरीलाई आइतबार जिल्ला प्रहरी परिसरमा बोलाइएको एसपी पवनकुमार भट्टराईले बताए।
उनका अनुसार शनिबार नितु पौडेलले बाबुल गिरीको स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन्।
त्यसक्रममा उनलाई बचाउने प्रयास गर्दा बाबुल पनि घाइते भएका थिए। त्यहाँबाट उद्धार गरिएकी युवतीको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।