हलिउड फिल्म फ्रान्चाइन 'एक्स-मेन' सिरिजमा निर्वाह गर्दे आइरहेको 'उल्भरिन' चरित्रमा थप अभिनय गर्नबाट सन्यास लिएका अभिनेता ह्यूग ज्याकम्यानले फिल्म पर्दामा नयाँ सुपरहिरो चरित्र गर्न आफू तयार रहेको बताएका छन्।
एमटिभीलाई दिएको एक अन्तरवार्तामा ५० वर्षिया अभिनेताले मार्भर कमिक्सको उल्भरिन चरित्रलाई कहिले पनि सुपपरहिरो चरित्रका रूपमा नहेरेको पनि बताए।
१७ वर्षको अवधिमा उनले सो फिल्म सिरिजका ९ फिल्ममा काम गरे।
'हो म त्यसका लागि तयार छु। मेरो भनाइ सुन्नुहुन्छ भने मैले कहिले पनि त्यसलाई सुपरहिरो मानिन्, जब मैले लोगान पाएँ, त्यो बेला मलाई एक्स-मेन सिरिज वा कमिक बुक सिरिजको बारेमा थाहा थिएन', उनले भने, 'मलाई ती गतिला चरित्र हुन भन्ने मात्र लाग्थ्यो।'
'यी सबै मानिसहरू आफैमा समस्याग्रस्त चरित्रहरू हुन् जोसँग विशिष्ट क्षमता छ र फिल्म त्यसैको बारेमा हो। मानिसहरूले यसलाई आफूसँग जोड्ने कारण पनि त्यही हो', ज्याकले अगाडी थपे।
ज्याक आफ्नो अगामी रिलिज ' द फ्रन्ट रनर'को प्रतिक्षामा छन्।
सन् १९८८ का अमेरीकी राष्ट्रपतिका प्रत्यासी सिनेटर ग्रे हार्टको बायोपिकमा आधारित यस फिल्मले ती सिनेटरको विवाहइतेर सम्बन्ध बाहिरिएपछि सुरू भएको पतनको कथा पेस गर्छ।
प्रकाशित मिति: आईतबार, मंसिर ९, २०७५, ११:११:००