फोटो पत्रकार केशवराज थोकरको फोटोपुस्तक ‘लाइभ इन पेन्डामिक’ सार्वजनिक भएको छ।
बुधबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित समारोहका बीच थोकरको फोटोपुस्तक सार्वजनिक गरिएको हो।
फोटो पुस्तक म्हेन्दो ट्रष्टले प्रकाशन गरेको हो ।
पुस्तकमा कोरोना महामारीको समयमा काठमाडौंको जीवन भोगाइलाई फोटोको माध्यमबाट चित्रण गरिएको छ। महामारीमा आफ्नै भोगाइलाई पनि फोटोमार्फत प्रस्तुत गरेका छन्।
कार्यक्रममा सभामुख घिमिरेले थोकरले फोटोको माध्यमबाट इतिहासको दस्तावेजिकरण गरेको बताएका छन्। ठोकरले फोटो पत्रकारिताले इतिहास सम्झाउने काम गरेको सभामुख घिमिरेको भनाई थियो ।