प्रसिद्ध भारतीय गायिका आशा भोस्लेलाई अस्पताल भर्ना गरिएको छ।
मुटुसम्बन्धी (कार्डियाक) र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि शनिबार उनलाई मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालको आईसीयूमा भर्ना गरिएको हो।
९२ वर्षीया भोस्ले पछिल्लो केही महिनादेखि अस्वस्थ रहँदै आएकी थिइन्। अस्पताल स्रोतका अनुसार अहिले उनको अवस्था गम्भीर रहेको भारतीय संचारमाध्यमले जनाएका छन्।
उनको स्वास्थ्य अवस्थाबारे परिवारले अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन। भारतीय संगीत क्षेत्रकी दिग्गज गायिका भोस्लेले ८ दशकभन्दा लामो करिअरमा हजारौं गीत गाएकी छन्।
उनले थुप्रै कालजयी र सुमधुर नेपाली गीतमा समेत स्वर दिएकी छन्।