बलिउड अभिनेता सनी देओलको फिल्म 'जाट' ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार पाँच दिनमा फिल्मले ४७ करोड ७५ लाख भारू कमाएको छ।
यो फिल्मले ९ करोड ५० लाख भारूमा ओपनिङ गरेको थियो। फिल्मलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। यो फिल्मको बजेट २०० करोड बताइएको छ।
गोपिचन्दले निर्देशन गरेको फिल्ममा सनी देओल, रणदीप हुड्डा, विनीत कुमार सिंह, रेगिना चसन्द्र, सैयमी खेर, उर्वशी रौतेला, स्वरूपा घोषलगायत कलाकारको अभिनय छ। फिल्ममा एक्सन कोरियोग्राफी अनल अरासु, राम लक्ष्मण र वेंकटले गरेका हुन्।