बलिउड अभिनेता सनी देओलको फिल्म 'जाट' ले बक्स अफिसमा सुखद सुरूवात गरेको छ।
भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार फिल्मले ९ करोड ५० लाख भारूमा ओपनिङ गरेको छ। फिल्मले रिलिजअघि एडभान्स बुकिङबाट मात्रै २ करोड ३७ लाख भारू कमाएको थियो।
फिल्मलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। यो फिल्मको बजेट २०० करोड बताइएको छ।
गोपिचन्दले निर्देशन गरेको फिल्ममा सनी देओल, रणदीप हुड्डा, विनीत कुमार सिंह, रेगिना चसन्द्र, सैयमी खेर, उर्वशी रौतेला, स्वरूपा घोषलगायत कलाकारको अभिनय छ। फिल्ममा एक्सन कोरियोग्राफी अनल अरासु, राम लक्ष्मण र वेंकटले गरेका हुन्।