बलिउड अभिनेता अजय देवगन अभिनीत फिल्म 'रेड २' को ट्रेलर सार्वजनिक भएको छ।
मंगलबार टि-सिरिज युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा अजय देवगनले रितेश देशमुखको घरमा छापा मारेको देखाइएको छ।
राजकुमार गुप्ताले निर्देशन गरेको फिल्म अजय देवगन, रितेश देशमुख, वाणी कपूर, सौरव शुक्ला, रजत कपूर, रवीना टन्डनलगायत कलाकारको अभिनय छ।
यो सन् २०१८ मा आएको फिल्म 'रेड' को सिक्वेल हो।
यो फिल्म १ मे २०२५ मा रिलिज हुनेछ।