सन् २०१५ मा कपिल शर्माले फिल्म 'किस किसको प्यार करूं' बाट डेब्यू गरेका थिए।
अब्बास-मस्तानले निर्देशन गरेको फिल्मलाई दर्शकले रूचाएका थिए। फिल्मले बक्स अफिसमा ४३ करोड भारू कमाएको थियो।
१० वर्षपछि कपिल शर्माको सिक्वेल 'किस किसको प्यार करूं २' बनेको छ। ३१ मार्च ईदको अवसर पारेर फिल्मको नयाँ पोस्टर सार्वजनिक गरिएको छ।
सार्वजनिक पोस्टरमा कपिल शर्मा बेहुलाको लुक्समा देखिएका छन्। उनकी बेहुलीको भने अनुहार देखाइएको छैन। कपिल शर्माले फिल्मको पोस्टर सार्वजनिक गर्दै लेखेका छन्, 'ईद मुबारक।'
फिल्ममा कपिलसँगै पारुल गुलाटी, त्रिधा चौधरी, मंजोत सिंह, सुशान्त सिंह, जैमी लिवरलगायत कलाकारको अभिनय रहनेछ। हालसम्म यो फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको छैन।