बलिउड अभिनेता अक्षय कुमार आफ्नो आगामी हरर-कमेडी फिल्म 'भूत बंगला' को तयारीमा छन्।
यस फिल्ममार्फत अभिनेता अक्षय र निर्देशक प्रियदर्शनको जोडी १४ वर्षपछि फर्किदैछन्। उनीहरूले पछिल्लो समय 'खट्टा-मीठा' मा एकसाथ काम गरेका थिए।
अब फिल्मको सेटबाट अभिनेता अक्षयको केही तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उक्त तस्बिरमा उनी सेतो रंगको धोती-कुर्ता लगाएको देख्न सकिन्छ। उनले लामो कपाल पालेका छन् र कपाल बाँधेका छन्। अक्षयलाई उक्त गेटअप निकै मन परेको छ।
अक्षय कुमारको यस लुक्समा दर्शकहरू प्रतिक्रिया दिइरहेका छन्। एक सामाजिक प्रयोगकर्ताले लेखेका छन्, 'यो प्रियदर्शनको कमेडी हो। त्यसैले एक राम्रो फिल्मको आशा गरिरहेको छु।'
