दक्षिण भारतीय अभिनेता मोहनलालको फिल्म 'एल २ एम्पुरान' यतिबेला चर्चामा छ।
एडभान्स बुकिङमै फिल्मले ५० करोड भारू कमाएको थियो। रिलिजपछि दर्शकहरूको भिड लागेको थियो। तर फिल्म रिलिज भएपछि विवादमा फसेको छ।
दर्शकले फिल्म मेकरमाथि हिन्दु विरोधी भएको आरोप लगाएका छन्। फिल्मका निर्देशक पृथ्वीराज सुकुमारनमाथि हिन्दुको विरोधी भएको र प्रोपेगन्डा फैलाएको आरोप छ। यसैबीच भारतीय फिल्म सेन्सर बोर्डले फिल्ममा गुजरात दंगाको दृश्य देखाएको प्रति एक्सन लिएको छ।
टाइम्स अफ इन्डियाका अनुसार फिल्मको १७ दृश्य परिवर्तन गर्न आदेश दिएको छ। फिल्मको संशोधित संस्करण सोमबारदेखि प्रदर्शन हुनेछ।
पृथ्वीराज सुकुमारनको निर्देशनमा बनेको फिल्ममा मोहनलालले मुख्य भूमिका निर्वाह गरेका छन्। फिल्मले तीन दिनमा विश्वभरबाट १२८ करोड ७५ लाख भारू कमाएको छ।