बलिउड अभिनेता अक्षय कुमार र जोन अब्राहम मिलेर कमेडी फिल्म बनाउने भएका छन्।
जोन अब्राहमले एक्सन फिल्म गरेपछि कमेडी फिल्ममा रूचि देखाएका छन्। उनले अक्षय कुमारसँग 'गरम मसाला, देसी बोयज र हाउसफुल २' जस्ता फिल्ममा सँगै काम गरेका थिए।
भारतीय सञ्चारमाध्यम न्यूज एजेन्सी पिटिआइसँग कुराकानी गर्दै उनले कमेडी फिल्ममा काम गर्न चाहेको बताएका हुन्। 'म केही मजेदार गर्ने सोचिरहेको छु। दर्शकलाई हसाउन र आनन्द लिन आवश्यक छ। बिना कुनै मतलब होइन केही हासिल गर्न। गरम मसाला निकै खास र फरक फिल्म थियो, म यस्तै स्क्रिप्टको खोजीमा छु,' उनले भनेका छन्।
यतिबेला हलमा जोन अब्राहमको फिल्म 'द डिप्लोम्याट' रिलिज भइरहेको छ। १४ मार्चमा रिलिज भएको फिल्मले ४ करोड भारूमा ओपनिङ गरेको थियो।