भारतीय संगीतकार तथा गायक एआर रहमान अस्पतालमा भर्ना भएका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार आइतबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो।
उनको छातिमा अचानक दुखेको थियो। ५८ वर्षिय एआरलाई आज बिहान ७ बजे अस्पतालमा भर्ना गरिएको थियो। यतिबेला उनको उपचार भइरहेको छ।
एआर रहमानले २० नोभेम्बर २०२४ मा श्रीमती सायरा बानोसँग सम्बन्ध विच्छेद गरेका थिए। उनीहरूले सन् १९९५ मा विवाह गरेका थिए। उनीहरूको तीन जना बच्चा छन्।
सम्बन्ध विच्छेदपछि एआर रहमानकी श्रीमती सायरा बनोको पनि स्वास्थ्यमा समस्या आएको थियो।