बलिउड अभिनेता आमिर खान आज आफ्नो ६० औं जन्मदिन मनाउँदै छन्। उनले जन्मदिनको अघिल्लो दिन फ्यानहरूलाई सरप्राइज दिएका छन्।
बिहीबार उनले फ्यान र फोटोग्राफरसँग जन्मदिन मनाउँदै नयाँ प्रेमिका देखाएका हुन्। तर उनले तस्बिर नखिच्न र गोप्य राख्न अनुरोध गरेका थिए। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार आमिरको प्रेमिकाको नाम गौरी हो।
अभिनेता आमिरका अनुसार उनीहरू १ वर्षदेखि डेट गरिरहेका छन्। तर उनी गौरीलाई २५ वर्षदेखि चिन्छ।
गौरी बेंगलुरूमा बस्छिन्। यतिबेला उनी आमिरको प्रोडक्सन हाउसमा काम गरिरहेकी छन्। आमिरका अनुसार उनीहरू लिभइनमा बसिरहेका छन्। गौरी ६ वर्षकी छोरीको आमा हुन्।
आमिर खानको पहिलो विवाह रीना दत्तासँग भएको थियो। उनीबाट एक छोरा जुनैद खान र छोरी आइरा खान छन्।
रीनासँग सम्बन्ध विच्छेदपछि आमिरले किरण रावसँग विवाह गरे, जसबाट एक छोरा आजाद भएका छन्। आमिर र किरणको पनि सम्बन्ध विच्छेद भइसकेको छ।