बलिउड अभिनेता सञ्जय कपूरकी छोरी शनाया कपूर अभिनयमा डेब्यू गर्दैछिन्।
उनले फिल्म 'तु या में' बाट अभिनयमा डेब्यू गर्न लागेकी हुन्। बुधबार फिल्मको टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरमा एक युवा र एक युवती जंगलको बीतमा मस्ती गरिरहेको देख्न सकिन्छ।
यो फिल्म प्रेम, भय र अस्तित्वको लडाईंमा आधारित छ। फिल्ममा अभिनेता आदर्श गौरवको मुख्य भूमिका छ।
बिजोय नाम्बियारले निर्देशन गरेको फिल्ममा आनन्द एल राय र बिजोय नाम्बियारको लगानी छ।
यो फिल्म २०२६ मा रिलिज हुनेछ।