पछिल्लो समय पुराना बलिउड फिल्म हलमा प्रदर्शन भइरहेका छन्। रि-रिलिज गरिएका केही फिल्मले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेका छन्।
हालै सन् २०१६ मा रिलिज भएको फिल्म 'सनम तेरी कसम' ले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो। पहिला यो फिल्म फ्लप भएको थियो।
यसअघि 'दीवानी, लैला मजनू' जस्ता फिल्मले पनि बक्स अफिसमा सफलता हासिल गरेको थियो। अब राजकुमार राव र कृति खरबंदा अभिनीत फिल्म 'शादी में जरूर आना' रि-रिलिज हुने भएको छ। यो फिल्म सन् २०१७ मा प्रदर्शन भएको थियो। फिल्मले बक्स अफिसमा ११ करोड १४ लाख भारू कमाएको थियो।
यो फिल्म १४ मार्चदेखि प्रदर्शन हुँदैछ।