रोमान्टिक कमेडी फिल्म 'अनोरा' ९७ औं अस्करमा सर्वोत्कृष्ट फिल्म घोषित भएको छ।
अमेरिकाको लस-एन्जलसस्थित डल्बी थिएटरमा यसवर्षको अस्कर अवार्ड प्रदान गरियो। सिन बेकरद्वारा लेखन, निर्देशन र सम्पादन गरिएको फिल्म 'अनोरा' ले यस वर्ष सबैभन्दा धेरै अवार्ड जितेको छ।
उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट स्क्रीनप्ले, उत्कृष्ट सम्पादन, उत्कृष्ट अभिनेत्री गरी ५ विधामा अवार्ड जितेको हो। फिल्ममा न्युयोर्कको ब्रुकलिनकी एक यौनकर्मी एनोरा मिखेवा र रूसी धनाढ्यका छोरा भान्या जाखारोभबीचको विवाहको कथा भन्छ।
त्यस्तै फिल्म 'द ब्रूटलिस्ट' ले ३ वटा अवार्ड जितेको छ। पीरियड ड्रामा फिल्म 'द ब्रूटलिस्ट' ले यसअघि ३ गोल्डन ग्लोब अवार्ड जितेको थियो।
९७ औं अस्कर अवार्डको पूर्ण सूची-
फिल्म: अनोरा
निर्देशक: सिन बेकर (अनोरा)
अभिनेता: एड्रियन ब्रोडी (द ब्रुटलिस्ट)
अभिनेत्री: मिकी माडिसन (अनोरा)
सहायक अभिनेत्री: जोय साल्दाना (एमिलिया पेरेज)
सहायक अभिनेता: किरन कल्किन (अ रियल पेन)
सम्पादन: सिन बेकर (अनोरा)
छायांकन: लल क्रली (द ब्रुटलिस्ट)
एडप्टेड स्क्रिनप्ले: कन्क्लेभ
मौलिक पटकथा: सिन बेकर (अनोरा)
कस्ट्युम डिजाइन: विक्ड
एनिमेटेड सर्ट: इन द स्याडो अफ द साइप्रस
प्रोडक्सन डिजाइन: विक्ड
ओर्जिनिल सङ: एल मल (एमिलिया पेरेज)
डकुमेन्ट्री सर्ट: द वन्ली गर्ल इन द अर्केस्ट्रा
डकुमेन्ट्री फिचर: नो अदर ल्याण्ड
भिजुअल इफेक्ट: ड्युन पार्ट २
साउण्ड: ड्युन पार्ट २
लाइभ एक्सन सर्ट: आइएम नट अ रोबट
मेकअप एण्ड हेयर स्टाइलिङ: द सब्सटेन्स
अन्तर्राष्ट्रिय फिचर: आइएम स्टिल हेयर (ब्राजिल)
ओर्जिनल स्कोर: डेनियल ब्लमबर्ग (द ब्रुटालिस्ट)