सन् २०१६ मा पहिलोपटक फिल्म 'सनम तेरी कसम' प्रदर्शन हुँदा राम्रो कमाइ गर्न सकेन।
९ वर्षपछि रि-रिलिज गर्दा फिल्मले बक्स अफिसमा तहल्का मच्चाएको छ। फिल्मले १२ दिनमा ३८ करोड भारू कमाइ गरेको छ। यसैबीच सनम तेरी कसमको सिक्वेलको चर्चा भइरहेको छ। सनम तेरी कसममा अभिनेता हर्षवर्धन राणे र मावरा होकेनको मुख्य भूमिका थियो। तर यसको सिक्वेलमा मावरा होकेन देखिने छैनन्।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्ममा बलिउड अभिनेत्री श्रद्धा कपूरको मुख्य भूमिका रहनेछ। हालै फिल्मका निर्देशक विनय सप्रू र राधिका रावले एक अन्तर्वार्तामा यसबारेमा कुराकानी गरेका छन्। उनीहरूका अनुसार फ्यानले सनम तेरी कसम २ को लागि अभिनेत्री श्रद्धा कपूरको नाम सुझाएका हुन्।
तर आधिकारिक रूपमा अहिलेसम्म श्रद्धा कपूरको नाम 'सनम तेरी कसम २' को लागि फाइनल भएकी छैनन्।