बलिउड अभिनेता राजकुमार राव अभिनीत फिल्म 'भुल चुक माफ' को टिजर सार्वजनिक भएको छ।
मंगलबार म्याडडोक फिल्म्स युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा राजकुमारको विवाहको प्रसंगलाई देखाइको छ। तर उनको हल्दी समारोह अगाडि बढ्दैन।
करण शर्माले निर्देशन गरेको फिल्ममा राजकुमार रावसँगै वामिका गब्बीको मुख्य भूमिका छ। म्याडडोक फिल्म्सको ब्यानरबाट बनेको फिल्मलाई दिनेश विजानले निर्माण गरेका हुन्।
यो फिल्म १० अप्रिलदेखि फिल्म हलमा रिलिज हुनेछ।