भारतीय संगीतकार विशाल ददलानी दुर्घटनामा परेका छन्।
सामाजिक सञ्जालमार्फत उनले यसबारे जानकारी दिएका हुन्। उनले आफ्नो दुर्घटना हुँदा पुणेमा हुन लागेको कन्सर्ट रद्द गर्नु परेको बताएका छन्।
उनले आफ्नो दुर्घटनाको बारेमा धेरै खुलासा गरेका छैनन्। उनी यतिबेला एक अस्पतालमा उपचार गराइरहेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो दोस्रो डेटको बारेमा जानकारी दिएका छन्।
'मेरो सानो दुर्घटना भएको छ। छिट्टै फर्किनेछु। म तपाईंहरूलाई सबै अपडेट दिइरहुँला,' उनले लेखेका छन्।
विशाल शेखरको जोडीले बलिउडमा थुप्रै सुपरहिट गीत दिएका छन्। उनीहरूले 'भूमे जो पठान', 'शिलाकी जवानी', 'देशी गर्ल', 'इश्कवाला लभ', 'राधा तेरी झुम्का' लगायत गीतमा सहकार्य गरेका छन्।