बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री जान्हवी कपूर हाल आफ्नो आगामी फिल्म 'परम सुन्दरी' को छायांकनमा व्यस्त छन्।
उनीहरू पहिलो पटक एकसाथ फिल्ममा देखिन लागेका हुन्। सामाजिक सञ्जालमा उनीहरूको केरलको सेटबाट एक तस्बिर बाहिरिएको छ। जसमा सिद्धार्थ रातो सर्टमा देखिएका छन् भने जान्हवी सारीमा दक्षिण भारतीय लुक्समा देखिएकी छन्।
फिल्ममा दक्षिण भारतीय केटी र उत्तर भारतीय केटाको प्रेम कहानी देखाइने छ। यी दुई विपरित संस्कृतिलाई एकसाथ जोड्ने प्रयास गर्नेछन्। यो फिल्म रोमान्ससँगै इमोशन र पारिवारिक ड्रामामा आधारित हुनेछ। फिल्ममा सिद्धार्थको नाम 'परम' छ भने जान्हवीको नाम 'सुन्दरी' छ।
तुषार जलोटाले निर्देशन गरेको फिल्ममा सिद्धार्थ र जान्हवी बाहेक अभिषेक बच्चन, राजीव खंडेलवाल, अक्षय खन्ना, आकाश दहिया, शरत सेक्सेना, टीनू आनन्दलगायत कलाकारको अभिनय छ। यो फिल्म २५ जुलाईदेखि हलमा प्रदर्शन हुनेछ।