दक्षिण भारतीय अभिनेता तथा फिल्म निर्माता धनुषको आगामी फिल्म 'निलावुक्कू एनमेल एन्नाडी कोबम' को ट्रेलर सार्वजनिक भएको छ।
सार्वजनिक फिल्मको ट्रेलरमा एक जटिल प्रेम कहानी देखाइएको छ। यस फिल्ममार्फत धनुष निर्देशनमा फर्किएका छन्। फिल्ममा पाविश, अनिखा सुरेन्द्रन र प्रिया प्रकाश वारियरलगायत कलाकारको अभिनय छ। धनुषले यस फिल्मको निर्देशन, लेखन र प्रोडक्सनको जिम्मेदारी लिएका छन्।
यस फिल्ममा धनुष केमियो भूमिकामा देखिनेछन्। यो फिल्म फेब्रुअरी २१ देखि प्रदर्शन हुनेछ।