बलिउड अभिनेता सोनू सूदविरूद्ध पक्राउ पुर्जी जारी गरिएको छ।
उनलाई १० लाख रूपैयाँ ठगीसम्बन्धि मुद्दामा पञ्जाबको एक अदालतले बयान दिन बोलाइएको थियो। पटक पटक बोलाए पनि अभिनेता साक्षी दिन आएनन्। त्यसपछि पञ्जाबको एक अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
अब यस मामिलामा अर्को सुनुवाइ फेब्रुअरी १० मा हुनेछ। पञ्जाबको लुधियानाका न्यायिक मजिस्ट्रेट रमनप्रीत कौरले बलिउड अभिनेता सोनू सूदविरूद्ध पक्राउ वारेन्ट जारी गरेका हुन्। लुधियानाका वकिल राजेश खन्नाले मोहित शुक्लाविरूद्ध १० लाख रूपैयाँको ठगीको मुद्दा दायर गरेका छन्।
आफ्नो उजुरीमा वकिल राजेश खन्नाले आफूलाई नक्कली रिजिका सिक्कामा लगानी गर्न प्रलोभनमा पारेको आरोप लगाएका छन्। यसबाहेक उनले आफ्नो उजुरीमा अन्य धेरै गम्भीर आरोप लगाएका छन्। सो उजुरी अन्तर्गत सोनु सुदलाई बयानका लागि अदालतमा बोलाइएको थियो। तर बारम्बार आदेश जारी हुँदा पनि सोनू सूद बयान दिन अदालतमा उपस्थित भएनन्। उनी अनुपस्थित भएका कारण अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरिएको हो।
यो वारेन्ट ओशिवारा पुलिस स्टेसन, अँधेरी वेस्ट, मुम्बईमा पठाइएको छ, जसमा उनीहरूलाई अभिनेतालाई पक्राउ गरी अदालतमा पेस गर्न निर्देशन दिइएको छ।
यसैविषयमा सोनूले आफ्नो अभिव्यक्ति दिएका छन्। 'हामीलाई स्पष्ट रूपमा भन्नु छ। सामाजिक सञ्जालमा जुन समाचार भाइरल भइरहेको छ। हामीले माननीय न्यायालयद्वारा एक तेस्रो पक्षबाट सम्बन्धित मामिलामा साक्षीको रूपमा बोलाएका थियौं। जसमा मेरो कुनै हात छैन। हाम्रो वकिलले जबाफ दिएको छ कि १० फेब्रुअरीमा हामी एक स्टेटमेन्ट जारी गछौं। जसबाट हामी यस मामिलामा सहभागी छैनौं भन्ने प्रस्ट हुन्छ,' उनले ट्विटमा लेखेका छन्।