सन् २००४ मा रिलिज भएको फिल्म 'मैं हु ना' को सिक्वेल बन्ने भएको छ।
'मैं हु ना' मा शाहरूख खान र फराह खानले पहिलो पटक एकसाथ काम गरेका थिए। फिल्मको सफलतापछि शाहरूख र फराहको जोडी हिट बन्यो। पछिल्लो केही दिनदेखि फराह र शाहरूख एकसाथ काम गर्दैछन् भन्ने खबर बाहिरिएको थियो। यसैबीच 'मैं हु ना २' बन्ने खबर बाहिरिएको हो।
भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार 'मैं हु ना २' रेड चिलीज इन्टरटेनमेन्टको ब्यानरबाट बन्ने छ। 'मैं हु ना' शाहरूख खान र गौरी खानको रेड चिलीज इन्टरटेनमेन्टबाट बनेको पहिलो फिल्म थियो।
यतिबेला 'मैं हु ना २' को स्क्रिप्ट लेखन कार्य भइरहेको छ। तर निर्माण टिमले यस फिल्मको बारेमा जानकारी दिएका छैनन्।