बलिउड अभिनेत्री श्रीदेवीकी छोरी खुशी कपूर ठूलो पर्दामा आफ्नो अभिनय देखाउँदैछिन्।
उनी अभिनीत फिल्म 'लवयापा' फेब्रुअरी ७ देखि हलमा प्रदर्शन हुँदैछ। बलिउड फिल्ममा आफ्नो करियर सुरू गर्नुअघि उनको तुलना आमा श्रीदेवी र बहिनी जाहन्वी कपूरसँग हुन थाल्यो।
यस विषयमा हालै उनले कुराकानी गरेकी छन्। इन्डियन एक्सप्रेससँग कुराकानी गर्दै उनले भनिन्, 'यो कठोर चिज हो। म सानो हुँदा मेरो लुक्सलाई लिएर मजाक उडाउँथे। म आफ्नो आमा र बहिनी जस्तो देख्दिन थिए। सानो हुँदा यसको असर आत्मविश्वासमा परेको थियो। म यो भन्दिनँ कि मान्छेले यो भन्नु हुँदैन थियो। मैले त्यो १०० चिज गरेको छैन, जो मान्छेहरू भनिरहेका हुन्छन्।'
उनले थप्दै भनिन्, 'स्किनकेयर, फिलर्सका लागि मान्छेहरूले आलोचना गर्न हुँदैन। इमानदार हुन आवश्यक छ। तपाई केही गर्नू या नगर्नू मान्छेहरूलाई समस्या हुन्छ।'
खुशीले जोया अख्तरको फिल्म 'द आर्चिज' बाट डेब्यू गरेकी थिइन्। यो फिल्म ओटिटी प्लेटफर्म नेटफ्लिक्समा प्रदर्शन भएको थियो।