बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म 'स्काई फोर्स' ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार फिल्मले ११ दिनमा १०१ करोड ३५ लाख भारू कमाएको छ। फिल्मले १२ करोड २५ लाख भारूमा ओपनिङ गरेको थियो।
यस फिल्मले विश्वभरबाट १३२ करोड भारू कमाएको छ। यो फिल्म स्काई फोर्स १९६५ मा पाकिस्तानको युद्धको क्रममा भारतको पहिलो हवाई हमलामा आधारित छ।
अभिषेक अनिल कपूर र सन्दिप केवलानी निर्देशित फिल्म अक्षय कुमार, सारा अली खान, निम्रित कौर, वीर पहाडियालगायत कलाकारको अभिनय छ।