यतिबेला बलिउड अभिनेता अर्जुन रामपाल ओटिटीमा आफ्नो अभिनय देखाइरहेका छन्।
हालै नेटफ्लिक्सले केही फिल्म र सिरिजको घोषणा गरेको थियो। जसमा एक शो 'राणा नायडू' पनि थियो। यसको दोस्रो सिजनमा अर्जुन रामपाल पनि देखिएका छन्। यसैबीच अर्जुन रामपाल एक कार्यक्रममा पुगेका थिए। जहाँ उनलाई स्टाइलिश अन्दाजमा सिसा फुटाउनु थियो।
यसै क्रममा अर्जुनको टाउको र हातमा चोट लागेको छ। यतिबेला सामाजिक सञ्जालमा एक भिडिओ भाइरल भइरहेको छ। जसमा अर्जुनको रक्तामे हात देखाइएको छ।
उनले कार्यक्रमको समयमा खासै प्रतिक्रिया दिइएनन्। तर उनका फ्यानले सामाजिक सञ्जालमार्फत चिन्ता व्यक्त गरेका छन्।
अर्जुन 'राणा नायडू' मा राणाको भूमिकामा देखिएका छन्।