बलिउड अभिनेता अर्जुन कपूर आफ्नो आगामी फिल्म 'मेरे हजबेन्डकी बीवी' मा व्यस्त छन्।
हालै यस फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रम राखिएको थियो। जहाँ अभिनेता अर्जुनलाई बिहेको योजनाबारे सोधिएको थियो।
जवाफमा अर्जुनले भने, 'यदी केही भयो भने सबै कुरा बताउँछु। आजको दिन फिल्मको चर्चा गर्ने र मनाउने दिन हो। म फिल्मको बारेमा मात्र कुरा गर्न चाहन्छु। मलाई लाग्छ जब म सहज हुन्छु र जब सही समय आउँछ, म व्यक्तिगत जीवनको बारेमा कुरा गर्छु। अब मलाई फिल्म मेरे हजबेन्डकी बीवी मनाउन दिनुहोस्। जब मेरो श्रीमतीको बारेमा कुरा गर्ने समय आउँछ, हामी यसको बारेमा कुरा गर्नेछौं।'
मलाइका अरोराले १९९८ मा अरबाज खानसँग पहिलो विवाह गरेकी थिइन्। सन् २०१६ मा दुवै अलग भए। त्यसपछि मलाइकाले अर्जुनसँग डेट गर्न थालिन्। सन् २०१९ मा दुवैले आधिकारिक रूपमा इन्स्टाग्राम मार्फत आफ्नो सम्बन्ध पुष्टि गरे। तर करिब ८ वर्षपछि दुवैको ब्रेकअप भइसकेको छ।
मुदस्सर अजीजले निर्देशन गरेको फिल्म 'मेरे हजबेन्डकी बीवी' मा अर्जुन कपूर, भूमि पेडनेकर र रकुल प्रीत सिंहसँग देखिनेछन्। यो फिल्म फेब्रुअरी २१ देखि रिलिज हुनेछ।