दक्षिण भारतीय अभिनेता रजनीकान्त अस्पतालबाट डिस्चार्ज भएका छन्।
उनको पेट दुखेपछि ३० सेक्टेबरमा चेन्नईको एक अस्पतालमा भर्ना गरिएको थियो। अस्पताल भर्ना गरेपछि उनको मुटुमा सानो समस्या देखिएको थियो।
उनलाई ३ अक्टोबरमा अस्पतालबाट डिस्चार्ज गरिएको हो। उनलाई डाक्टरले आराम गर्ने सल्लाह दिएका छन्।
अभिनेता रजनीकान्त फिल्म 'थलाइवा १७०' को तयारीमा छन्। यस फिल्ममा उनी अमिताभ बच्चनसँग ३३ वर्षपछि एकसाथ काम गर्दैछन्।