दिवंगत अभिनेत्री श्रीदेवीको अन्तिम सिनेमाले चिनियाँ वक्सअफिसमा गतिलो सुरूवात गरेको छ। सिनेमाले रिलिजको पहिलो दिन शुक्रबार ९.८ करोड भारूको कमाइ गरेको छ।
सिनेमा चीनभरका ३८ हजार ५ सय परदामा रिलिज गरिएको थियो। व्यापार विश्लेषक तरण आदर्शले यसलाई राम्रो सुरूवात भनेका छन्।
'चीनको वक्सअफिसमा 'मम' चौथो स्थानमा रह्यो(पछिल्लो महिना रिलिज भएको 'अन्धाधुन' भण्दा यसको ओपनिङ राम्रो छ)... यसको सुरूवात राम्रो छ, शनिबार र आइतबार यसको व्यापारमा गति देखिनेछ', तरणले ट्वीट गरेका छन्।
यस सिनेमाबाट श्रीदेवीले मरोणापरान्त सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रिय पुरस्कार पाएकी थिइन्।