पूर्व प्रेमी प्रेमिका रहेका कंगना रनौट र ऋतिक रोशनको वक्सअफिसको सम्भावित भिडन्त टरेको छ। ऋतिकले आफ्नो आगामी रिलिज 'सुपर ३०' को पूर्व निर्धारित रिलिज मिति सार्ने जनाएका छन्।
उनको सिनेमा २६ जुलाईमा रिलिज हुने तय भएको थियो। सोही मितिमा कंगना अभिनित 'मेन्टल है क्या' रिलिज हुँदैथियो।
यी दुबैको सिनेमा एकै मितिमा रिलिज हुने भएपछि सामाजिक संजालमा किसिमकिसिमका प्रतिक्रिया आएका थिए। धेरैले रिलिजका दौरान कंगनाले ऋतिकलाई विभिन्न बयानबाट टक्कर दिने अनुमान लगाइएको छ।
तर ऋतिकले ट्वीटरमा एक पोस्ट लेख्दै आफ्नो सिनेमाको रिलिज मिति सार्न लागेको बताइदिए जसले गर्दा सिनेमा रिलिजका दौरान आउनसक्ने थुप्रै गसिपहरू नबन्ने भएका छन्।
सो पोस्टमा उनले सम्भावित 'मानसिक प्रताडना'बाट बच्न रिलिज सार्न लागेको बताएका छन्। ऋतिकका अनुसार सिनेमाको रिलिज सार्न आफूले निर्मातालाई भनिसकेको बताए। नयाँ रिलिज मितिको फैसला १-२ दिनमा आउने उनले पोस्टमा उल्लेख गरेका छन्।
पछिल्लो केहि समययता ऋतिक र कंगनाको सम्बन्ध तिक्तापूर्ण रहँदै आएको छ। कुनै अवसरमा ऋतिकलाई लिएर प्रश्न हुँदा कंगनाले ऋतिकको सक्दो खुट्टा तान्ने र आलोचना गर्ने गरेकी छिन्।
कंगनाले ऋतिकलाई 'सिल्ली एक्स' अर्थात मूर्ख पूर्व प्रेमी भन्ने गरेकी छन्।