चर्चित भारतीय र्यापर बादशाहले ६ करोड भारूमा नयाँ रोल्स रोयस गाडी किनेका छन्।
‘चुल’, ‘डीजेवाले बाबु’, अभि तो पर्टी सुरू हुई है’ जस्ता गीतका लागि चर्चित र्यापरले इन्स्टाग्रामबाट आफूले रोल्स रोयस गाडी किनेको सार्वजनिक गरेका हुन्।
पोस्टमा उनले ‘धेरै लामो यात्रापछि, परिवारमा स्वागत छ’ भनेर लेखेका छन्।
उनले गाडिसँगै आफ्नो परिवारको फोटो पोस्ट गरेका छन्।