बलिउड अभिनेत्री रानी मुख्रजी स्टारर ‘मर्दानी २’को पहिलो झलक सार्वजनिक भएको छ। सार्वजनिक फोटोमा उनलाई एक प्रहरी अधिकारीको पोशाकमा देखाइएको छ।
यशराज फिल्मसले ट्वीटरबाट रानीको चरित्र तस्वीर सार्वजनिक गरेको हो। रानी गत वर्ष ‘हिच्की’नाम सिनेमामा देखिएकी थिइन्।
सो सिनेमाले भारतीय वक्सअफिसमा खासै राम्रो गर्न नसकेपनि विनयाँ वक्सअफिसमा भने गतिलो कमाइ गरेको थियो।
‘मर्दानी’ सिनेमा सफल भएपछि सिक्वल बनाउन लागिएको हो।