फिल्म ‘रमिताको पिरती’ को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ।
सुदिप्ताको निर्देशनमा तयार भएको फिल्म माघ २३ गते रिलिज हुने भएको हो।
यो फिल्ममा अभिनेत्री आना शर्मा मुख्य भूमिकामा छिन्। साथमा धिरज मगर, विनय श्रेष्ठ, समीर श्रेष्ठलाई देख्न सकिनेछ। गायक समीर यही फिल्मबाट डेब्यु गर्न लागेका हुन्।
महिला केन्द्रित यो फिल्मको फस्टलुकमा अभिनेत्री आना शर्माका विभिन्न लुक्स देख्न सकिन्छ। उनीसँग जोडिएका पात्र र उनको कथाको वरिपरी यो फिल्म बनेको बुझन् सकिन्छ।
अभिनेत्री आनाले ४ वर्ष अगाडि नै यो कथा आफूले सुनेको र यसको कथावस्तु फरक लागेकाले जोडिएको सुनाइन्। उनले अहिले आफ्नो जीवनमा 'रमिताको पिरती' नै घुमिरहेको तर्क गर्दै दर्शकलाई यो फिल्मको कथावस्तु मनपर्ने तर्क गरिन्।
नव-अभिनेता समीर श्रेष्ठले आफू यो फिल्ममा संगीतकारको रुपमा जोडिएको र कथावस्तु मन परेपछि अभिनयमा पनि काम गरेको सुनाए।
आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा आर.पी प्रोडक्सन एसोसियट निर्माताको रुपमा छ। फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत छ।
शिशिर विशांखेको डीओपी रहेको फिल्ममा सुनिल शिवभक्तिको सम्पादन, कपिल पराजुलीको कलर, कृतिका बरालको कोरियोग्राफी छ।
यो फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र एप्पल इन्टरटेन्मेन्टले वितरण गर्नेछन् भने काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछ।