दीपक रौनियार निर्देशित फिल्म 'राजागन्ज' को ट्रेलर सार्वजनिक गरिएको छ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक ३ मिनेट अवधिको ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी दिन्छ। मधेश आन्दोलनको पृष्ठभूमिमा रहेर यो फिल्म बनाइएको छ।
सांसद र एक विद्यालयका प्रिन्सिपलको छोराको अपहरणपछि त्यसमा अनुसन्धान गर्न खटिएको प्रहरीको कथा फिल्ममा देखाइएको छ।
फिल्मको मुख्य भूमिकामा अभिनेत्री आशा मगराती छिन्। त्यस्तै, दयाहाङ राई, निकिता चण्डक, विजय बराल, ऋचा शर्मा, घनश्याम मिश्र, आरती मण्डल, पशुपति राई, गौमाया गुरूङ लगायतका कलाकारहरू यसमा छन्। अधिकांश कलाकारहरूलाई ट्रेलरमा देखाइएको छ।
थुप्रै अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन गरिएको र चर्चा बटुलेको यो फिल्म नेपालमा चैत १ गतेदेखि प्रदर्शनमा आउँदैछ।
फिल्मको निर्मातामा दीपक रौनियार, आशा मगराती, रामबाबु गुरुङ र एलन आर मिलिगन छन्। बलिउड निर्देशक अनुराग कश्यम फिल्मको कार्यकारी निर्माता हुन्।
अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाएका निर्देशक दीपक रौनियारको 'राजागन्ज' तेस्रो फिल्म हो। यसअघि उनले निर्देशन गरेका 'हाइवे' र 'सेतो सूर्य' ले पनि निकै चर्चा कमाएका थिए।
भिडिओः