दीपक लिम्बू र बेनिसा पौड्यालको स्वरमा ‘शुभकामना’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा खेम प्रसाईंको शब्द छ भने महेश खड्काले संगीत दिएका छन्।
शुभकामनाको म्युजिक भिडिओमा प्रशान्त मगरको कोरियोग्राफी छ। यसमा अर्जुन तिवारीको सिनेमेटोग्राफी देख्न सकिन्छ।
मिनाक्क्षी कोइरालाको निर्देशन रहेको भिडिओलाई हिमाद्री प्रसाईंले निर्माण गरेका हुन्। उक्त म्युजिक भिडिओमा महेश खड्का, रुक्सना लिम्बू, खेम प्रसाईंलगायत कलाकारको अभिनय देख्न सकिन्छ।
शुभकामना बिहीबार महेश खड्का कम्पोजर नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।