गायक बसन्त अर्यालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। शिवरात्रीको अवसरमा बसन्तले शिव भजन सहितको 'जय महादेव' गीत सार्वजनिक गरेका हुन्। सार्वजनिक शिव भजनमा शब्द तथा संगीत गायक अर्यालकै छ।
राजेन्द्र बजगाईंले संगीत संयोजन गरेको भजनको अडियो तथा भिडियो दुवै उत्कृस्ट छ। दिपक गिरीले छायांकन गरेको उक्त भिडियोको निर्देशन भने ऋषि बरालले गरेका हुन्। भिडियोको सम्पादन भने अमृत चापागाईंले गरेका छन्।
भिडियोमा जीबी चिरन, बिजय पुन, बिना राउत, सरोज पर्जा, दिनेश कठायत, अर्जुन भुषाल, भद्रा कुँवर, ऋषि बराल, गौरव गिरी, राहुल बराइली, बिनोद खड्का, कृतिशा केसी, राज घलान लगायत कलाकारहरूको प्रस्तुति छ।
जय महादेव युट्युब च्यानल आहा टिभीबाट सार्वजनिक गरिएको छ। शिवरात्रीको अवसर पारेर सार्वजनिक शिव भजनलाई दर्शक श्रोताले मन पराउनेमा गायक अर्याल विश्वस्त छन्।