अचेल म्युजिक भिडिओमा सिनेमाका अभिनेत्रीहरुलाई अभिनय गराउने प्रतिस्पर्धा चलेको भन्दा फरक पर्दैन। यस्तै प्रतिस्पर्धाबीच ट्रि इन्टरटेन्मेन्टले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई म्युजिक भिडिओमा प्रस्तुत गरेको छ।
म्युजिक भिडिओमा खासै नदेखिएकी साम्राज्ञीले अभिनय गरेको 'माया पिरेम' बोलको म्युजिक भिडियो बुधबार सार्वजनिक भएको छ।
विश्व नेपाली र अस्मिता परियारको स्वर रहेको गीतमा साम्रज्ञी र एलिसा शर्मासँग नाचिरहेकी देखिन्छिन्। भिडिओमा देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फे साम्राज्ञी र अलिसाको अपोजिट भूमिकामा देखिएका छन्।
भक्तपुरमा छायांकन गरिएको भिडिओको निर्देशन माइकल चन्दले गरेका हुन्। डीपी खनालको शब्द रहेको गीतमा शंकर थापा स्माइलको संगीत छ।