रमन रेग्मी र मिलन नेवारको स्वरमा 'तिमिलाई भेटेदेखि' सार्वजनिक भएको छ। सार्वजनिक भिडिओमा अभिनेत्री बेनिसा हमाल र मोडल विकास लामिछानेको अभिनय गरेका छन्।
गीत हरि लम्सालको संगीत र महाराज थापाको संगीत संयोजनमा तयार भएको हो। गीतको शब्द गायक रमनले नै लेखेका छन्।
निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडिओमा हरि हुमागाईंको छायांकन, विकास धमलाको सम्पादन ,कुसुम बुटिकको ड्रेस,अनिता ग्वचाको मेकअप देख्न सकिन्छ।
सबिना कुँवर रेग्मीले निर्माण गरेको म्युजिक भिडियो इनाक्षी इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो।