राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट सम्मानित कोरियोग्राफर अश्विनी कान्त झा लाई ‘राष्ट्रलाई पुर्याएको योगदान विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई विशेष सम्मान’ भन्ने मूल नाराका साथ रिवन इन्टरटेन्मेन्टको ७ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको ‘राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८’ बाट सम्मानित गरिएको छ।
कोरियोग्राफर अश्विनीलाई गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारी, नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द र आयोजक रिवन इन्टरटेन्मेन्टका सि. ई. ओ. तथा निर्देशक निशु कान्त झाले संयुक्त रुपमा सम्मानित गरे।
विगत लामो समयदेखि पेजेन्ट तथा फेशन कोरियोग्राफरको रूपमा अनवरत आफ्नो उत्कृष्टता प्रदान गर्दै आएका झाले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डका साथै सम्मान प्राप्त गरेका छन्।
फेशन डिजाईनर काउन्सिल अफ नेपालका सल्लाहकारसमेत रहेका कोरियोग्राफर अश्विनी पछिल्लो समयमा नेपालका व्यस्त तथा सफल कोरियोग्राफरमा पर्छन्।
कोरियोग्राफर झा सम्मानित भएको उक्त विशेष समारोहमा चलचित्र, सङ्गीत, समाजसेवा, मनोरञ्जन, फेसन डिजाईन, पेजेन्टलगायतका क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्वलाई पनि उक्त समारोहमा सम्मानित गरियो।
अभिनेता धिरेन शाक्य, प्रदीप बास्तोला, शुशिल श्रेष्ठ, अभिनेत्री साक्षी लम्साल, हाँस्य अभिनेता गोपाल ढकाल (छन्दे), फिल्म निर्देशक सुदर्शन थापा, राजु अधिकारी, म्युजिक भिडियो निर्देशक बिधान कार्की, फिल्म निर्माता नबिन अधिकारी, फिल्म लेखक शिवम अधिकारी, संगीतकार अर्जुन पोखरेल, गीतकार दयाराम पाण्डे, कोरीयोग्राफर रामजी लामिछाने, फेसन डीजाइनर अमित झा, मिसेस एशिया प्यासिफिक / मिसेस नेपाल इन्टरनेसनल चन्दा थापा गिरी, पेजेन्ट निर्देशक बालकृष्ण पोखरेल र प्रिती कार्की, अटो व्यवसायी तथा नाडाका केन्द्रिय सचिव अनुप के. बराल लगायत ६ दर्जन भन्दा बढी स्रष्टा तथा राष्ट्रमा आफ्नो उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्व सम्मानीत भए।