अमेरिका र नेपालमा छायांकन गरिएको फिल्म 'लाइफ इन एलए'को पहिलो गीत सार्वजनिक भएको छ। 'पागल प्रेमी' बोलकझ यो गीत सोमबार राजधानीमा आयोजित एक कार्यक्रम मार्फत सार्वजनिक गरिएको हो।
सुर्य एन श्रेष्ठको निर्देशनमा निर्माण भएको सिनेमाको सार्वजनिक गीतको भिडीयोमा त्रिकोणत्मक प्रेमकथालाई प्रस्तुत गरिएको छ। गीतको भिडियोमा डेब्यु अभिनेता ब्यास बिस्सु, अकेशा बिष्ट र शिल्पा मास्के फिचर्ड छन्।
एलिस कार्की र प्रतीक पौडेलको संगीत रहेको गीतमा प्रताप दास र कविता श्रेष्ठको स्वर छ। गौरव पहाडी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बस्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतले फिल्ममा अभिनय गरेका छन्।
ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको सिनेमालाई ब्यास बिस्सुले निर्माण गरेका हुन्। संसार अन्जान सुवेदी कार्यकारी निर्माता रहेको फिल्ममा अमेरिकाका लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन्। दीपक वली एसोसियट निर्देशक रहेको सिनेमाका प्रोडक्सन म्यानेजर प्रदीप आचार्य र प्रदीप खत्री हुन् ।
भूपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको सिनेमामा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी, एलिस कार्कीको संगीत छ।
महामारी संकट टरे फिल्म दसैंको बेला सार्वजनिक गर्ने निर्माण पक्षले जनाएको छ।