नियमित रुपमा गीत लेखनमा सक्रिय गीतकार एवं संचारकर्मी शान्तिप्रियले यस पटक पनि मौलिक तीज गीत 'फूलै फूल्यो तिउरी' लिएर आएका छन्।
विगत केही वर्षदेखि नियमित रुपमा तीज गीत लेखिरहेका शान्तिप्रियले तीजको मुखमा आएर गीत रिलिज गरेका हुन्। सिसि नेपाल युट्युब च्यानल मार्फत गीत रिलिज गरिएको हो।
शान्तिप्रियको शब्दमा चित्रकार तथा संगीतकार गायक ज्योती प्रकाशले संगीत दिएको यो गीत राजेन्द्र बजगाईंले एरेञ्ज गरेका हुन्। गीत दुर्गा परियारले गाएकी हुन् भने मिक्सिङ मनोज परियारले गरेका छन्।
फूलै फूल्यो तिउरी टिपी कानमा सिउरिएँ
स्वामी राजा मुस्कुराए लाजैले म निहुरिएँ
बरीलै तीजैको रहर
कोही गाउँछन् संगी कोही नाच्छन् संगी
बरिलै खुलेर गाउँ सहर .....
गीतमा अभिनेत्री एवं मोडल अनामिका चौलागाईं र झरना परियारको अभिनय देखिन्छ।