गत सालको तीज गीत ‘सोचे झैं जीन्दगी रैनछ भाग-२ यस्तै हो संसार गीतको भिडियो सार्वजनिक भएको छ।
खेम सेन्चुरी र गायिका अनिता चलाउनेको स्वर रहेको गीतमा नेत्र अर्यालको शब्द छ।
गम्भीर विष्टको निर्देशन एंव कोरियोग्राफी रहेको गीतको भिडियोमा पल शाह, बर्षा राउत, दुर्गेश थापा र अञ्जली अधिकारी फिचर्ड छन्।
नवराज उप्रेतीको छायाँकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन्। हेर्नुहोस् भिडिओ