गायक सनुप पौडेलले बुबा छोराको सम्बन्धमा आधारित नयाँ गीत सार्वजनिक गरेका छन्। ‘मेरा आकाशका तारा’ बोलको यो नयाँ गीतको भिडिओ शुक्रबार युट्युबमार्फत् सार्वजनिक भएको हो।
बुबा-छोरा बीचको आत्मीय प्रेम र विछोडको कथा भन्ने गीतको शब्द सन्दिप बस्नेतले लेखेका हुन्। गीतकारले गीतको शब्द उनका बुबासँगै सम्पूर्ण बुबाप्रति समर्पित गरेका छन्।
गीतकार सन्दिपले आफ्नो पिताको संझनामा यो गीत कोरेका हुन्। गीतमा राज सागरको संगीत छ। अनुप योञ्जनको निर्देशनमा तयार भएको यो गीतको भिडिओमा अभिनेता नीर शाह बुबाको भूमिकामा देखिएका छन्। छोराको भूमिकामा गौरव बिष्टको अभिनय देख्न पाइन्छ।
भिडिओ ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन र डिन्सन शाहको सम्पादनमा बनेको हो।