मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०७७’ का लागि ९ वटा पुस्तक छनोट गरेको छ। कुल २२२ पुस्तकमध्ये ९ वटा पुस्तकलाई मदन पुरस्कार २०७७ का लागि छनोट गरेको गुठीले जनाएको छ।
‘बढीमा १० पुस्तकको सूची तयार गर्न गठन भएको समितिले गुठीलाई ९ पुस्तकको नाम उपलब्ध गराएको थियो।
सूचीमा गिरी श्रीस मगरको एकलब्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, वैरवबहादुर थापाको नृत्याक्षर विज्ञान रहेका छन् ।
यसैगरी प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, जेशन कुँवरको रमिते र भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्ताबेज संग्रह मदन पुरस्कारका लागि उत्कृष्ट ९ पुस्तकको सूचीमा परेका छन् ।
गुठीको नियमानुसार अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकलाई छनौटको एउटा आधार बनाइएको थियो’, गुठीद्वार जारि विज्ञप्तिमा भनिएको छ।
छनौटमा परेका यी पुस्तकहरू मध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७७ को मदन पुरस्कार पाउनेछ।