डा. हेमन्त खतिवडाको भजन संग्रह सार्वजनिक भएको छ। आध्यात्मिक गीतलाई पुस्तकको स्वरुप दिएर उनले भजन संग्रहका रुपमा प्रकाशित गरेका हुन् ।
भगवान गणेश, राम, शिव, दुर्गा, हनुमान, सरस्वती, विष्णु, कृष्ण, लक्ष्मीसहितको स्तूति गान गरिएका १०६ भजनहरु पुस्तकमा छन् संग्रहित मध्ये ५० वटा भजनहरु रेकर्ड भएका छन् ।
विं.सं २०५३ मा नातिकाजीको स्वर / संगीत मा मनमा काँडा बिझेपछि... बोलको गीत रेकर्ड गराएर सांगितिक छेत्रमा उदाएका डा.हेमन्त खतिवडाको आध्यात्मिक गीत को किताब हालै प्रकाशित भएको हो।
भजनको प्रचलित परम्पराभन्दा फरक किसिमले लेखिएको डाक्टर खतिवडाले बताए। ‘निराशावादी नभइकन अधिकांश भजनहरु आशा र उत्साह जगाउने किसिमका छन्। मृत्युलाई पनि उत्सवको रुपमा चित्रण गरेर पनि भजनहरु लेखिएका छन्’, उनले भने, ‘जीवन जस्तै मृत्यु पनि उत्सव हुनुपर्छ भन्ने खालका भजनहरु पनि छन्! आध्यात्मको गहिराइमा डुबेर लेखिएका भजनहरु छन्। यसमा मानिसहरु लाई उत्प्रेरणा र प्रेरित गर्ने खालका जीवन दर्शन का विषयहरु पनि समेटिएका छन्।’
डा. खतिवडाका भजनहरु आशा भोश्ले, साधना सरगम, कैलाश खेर, पण्डित जसराज, कुमार सानुसहितले गाएका छन् । १४५ पृष्ठको सो भजन संग्रहको मूल्य २०० रुपैयाँ रहेको छ ।