कोरोना संक्रमित भएर लामो समय गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सेट बाहिर रहेका कोच दीप श्रेष्ठ शोमा फर्किएका छन्।
‘द भ्वाइस अफ नेपाल’ को निर्णायकको रूपमा रहेका गायक श्रेष्ठ आफ्नो स्वास्थ्य अवस्था सामान्य भएपछि कार्यक्रममा फर्किएका ‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए।
आगामी शुक्रबार र शनिबारको एपिसोडमा दीप श्रेष्ठनै कोचको रुपमा देख्न पाउनेछन्। एपिसोडको सुटिङ दुई दिन अघि नै भइसकेको निर्देशक पौडेलले जानकारी दिए।
कोरोना संक्रमण पछि श्रेष्ठलाई अस्पताल भर्ना गरिएको थियो। दुई साताको अस्पताल बसाई पछि उनी घर फर्किएर आराम गरिरहेका थिए। श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल ’ को सेटमा उपस्थित हुन नसकेपछि शोमा ‘स्याट्याण्ड इन कोच’ का रूपमा राजेशपायल राईलाई ल्याइएको थियो।
यो सातादेखि ‘द भ्वाइस अफ नेपाल’ ३ लाइभ राउण्ड प्रसारण हुनेछ।