अमेरिकामा रहेका नेपाली मुलका प्राध्यापक कैलाश घिमिरेले ‘पसिनाले अरब भिझ्दा’ बोलको गीत बजारमा ल्याएका छन्।
निशान भट्टराईको स्वर रहेको गीतमा वसन्त सापकोटाको संगीत छ। गीतको शब्द घिमिरेको हो।
विदेशमा काम गर्ने छोरालाई आउने गाँउघरको यादका बारेमा गीतमा उल्लेख छ। मरूभूमिमा आफ्नो पसिना परेको तर गाउँमा बारी बाझै रहेको र बाबुआमाले बुढेशकालमा दुःख पाएको आम नेपाली समस्यालाई घिमिरले शब्दमा उतार्ने प्रयास गरेका छन्।
यसअघि घिमिरेको २०७७ कात्तिकमा ‘पुतली’ नामक गीत सार्वजनिक गरेका थिए।