नेपाली सेनाका अमल्दार बिक्रम परियार ‘पवन’ राष्ट्रिय कविता महोत्सवमा प्रथम भएका छन्। शुक्रबार ७१ औं प्रजातन्त्र दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा परियारको ‘फर्क अब आफ्नै देश’ शीर्षकको कविताले पहिलो स्थान पाएको हो।
प्रतियोगितामा प्रथम भएसँगै कवि परियारले नगद ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् ।
प्रतियोगीतामा तनहुँका गोविन्द गोपाल खतिवडा द्धितिय र खोटाङका तेज राई तृतिय भएका छन् । यस्तै निवन्ध लेखनतर्फ इलामका गणेशप्रसाद भट्टराई प्रथम, तेह्रथुमकी रेजिना आपगाई द्धितिय र काठमाडौंका प्रेमराज सिलवाल तृतिय भएका छन् ।
शुक्रबार प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले कविता प्रतियोगिता र निवन्ध प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान पाउने प्रतियोगीहरुलाई सम्मान गर्दै पुरस्कृत गरेका छन्। सुनापति ४, बेथान रामेछापका कवि तथा गीतकार समेत रहेका परियार १३ वर्षदेखि नेपाली सेनामा कार्यरत छन् ।